यू-२० महिला टोली स्वदेश फर्कदै

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा सहभागिता जनाएको नेपाली टोली आज आइतबार स्वदेश फर्कदै छन् ।

म्यान्मारमा आयोजना भएको छनोटमा सहभागिता जनाएको नेपाली टोली आज राति १०:३० बजे स्वदेश फर्कने छन् ।

छनोटमा नेपाल जित विहीन बनेको थियो ।

शनिबार तेस्रो तथा अन्तिम खेलमा चाईनिज ताइपेसँग ५-० ले पराजित भएपछि नेपाल जित विहीन बनेको हो ।

समूह बी मा रहेको नेपालले पहिलो खेलमा म्यानमारसँग ५-० र दोस्रो खेलमा चीनसँग ५-० कै हार बेहोरेको थियो ।

छनोटको समूह बी को नेपाल अंक विहीन रहदै पुछारमा रह्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर