नेप्से ४०.४८ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार उच्च अंकले बढेको छ । आज नेप्से ४०.४८ अंकले बढेर एक हजार ९ सय ८० दशमलब ०९ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से ७.२७ अंकले बढेर एक हजार ९ सय ३९ दशमलब ६१ विन्दुमा बन्द भएकोे थियो ।

नेप्से बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज तीन अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार दुई अर्ब ३० करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका २१२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४५ दशमलव ३० रुपैयाँ पुगेको छ । त्यस्तै, सिटी होटल्सको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १२२ दशमलव २० रुपैयाँ पुगेको छ ।

आज ग्लोबल आईएमई ब्यालेन्स फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढीे सिटिजन इनभेस्टमेन्ट ट्रष्टको भएको छ । यस कम्पनीको आज ११ करोड ४७लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर