शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको मागप्रति राप्रपाको समर्थन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सुद्ररपश्चिम प्रदेश सभासदस्य खेमादेवी विष्टले आइतबार प्रदेशसभा बैठक बहिष्कार गरेकी छन् । गेटामा शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै भइरहेको आन्दोलनलाई समर्थन गर्दै उनले प्रदेशसभाको बैठक बहिष्कार गरेकी हुन् ।

उनले विश्वविद्यालय माग गर्दै जनता आन्दोलनमा उत्रेको बेला सदन चलाउनु नै गम्भीर विषय रहेको भन्दै बैठक स्थगित गर्नसमेत माग गरिन् । दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै आइतबार सुदूरपश्चिम बन्दको आह्वान गरिएको छ । सङ्घीय सरकारले नीति तथा कार्यक्रममा विश्वविद्यालय नै स्थापना गर्ने भने पनि बजेटमा १०० शय्याको प्रतिष्ठान चलाउने व्यवस्था गरेको छ । यस विषयमा सुदूरपश्चिम सरकार नबोलेको बिष्टको भनाइ थियो । राप्रपाबाट प्रदेशसभामा उनको एकल उपस्थिति छ ।

यसैगरी, एमालेका धर्मराज पाठकले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयको सन्दर्भमा सुदूरपश्चिम सरकार किन मौन छ भनेर प्रश्न गर्दै प्रदेश सरकारले आफ्नो धारणा पनि सार्वजनिक नगरेको भन्दै आपत्ति जनाए । “प्रदेश सरकार अहिलेसम्म किन मौन छ ?” पाठकले भने, “सदनबाट सङ्कल्प प्रस्ताव गरौंभन्दा त्यो पनि भएन ।” त्यस्तै, एमालेकै वीरबहादुर थापाले प्रदेश सरकारले आफ्नो धारणा सार्वजनिक नगरे सोमबारदेखि सदन अवरुद्ध पार्ने चेतावनी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर