रुसविरुद्ध आफ्नो देशको प्रतिआक्रमण सुरु भएको पुष्टि : जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध आफ्नो देशको प्रतिआक्रमण सुरु भएको पुष्टि गरेका छन् ।

लामो समयदेखि प्रतिक्षा गरिएको “प्रतिआक्रामक र रक्षात्मक कार्यहरु’ भइरहेको जेलेन्स्कीको भनाई छ ।

तर, प्रतिआक्रमण कुन चरण वा राज्यमा केन्द्रित छ भन्नेबारे उनले विस्तृतमा खुलाएनन् । युक्रेनको दक्षिण र पूर्वमा द्वन्द्व बढ्दै गएपछि यक्रेनले रुसी सेनाविरुद्ध प्रतिआक्रमण सुरु गरेको अनुमान गरिएको थियो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार नैं युक्रेनले प्रतिआक्रमण सुरु गरेको बताए । युक्रेनी सेनाले पूर्वमा बाख्मत नजिक र दक्षिणमा जापोरिज्जिया नजिक प्रगति गरेको र रुसी लक्ष्यहरूमा लामो दूरीको हमला गरेको दाबी गरेको छ ।

तर युद्धको अग्रिम मोर्चामा के भइरहेको छ भनेर स्वतन्त्र पुष्टी हुन भने सकेको छैन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर