अट्याकिङ मिडफिल्डर रोस बार्क्लीले फ्रेन्च क्लब निस छाडे

काठमाडौं । इंग्ल्यान्डका अट्याकिङ मिडफिल्डर रोस बार्क्लीले फ्रेन्च क्लब निस छाडेका छन् ।

फ्रेन्च क्लबसँगको सम्झौता सकिएपछि बार्क्लीले क्लब छाडेका हुन् ।

प्रिमियर लिग क्लब चेल्सीका पूर्व मिडफिल्डर बार्क्लीको सम्झौता जुनबाट सकिएको थियो ।

फ्रेन्च लिग वान क्लबले बार्क्लीलाई गत सिजन फ्री ट्रान्सफरमा अनुबन्ध गरेको थियो ।

बार्क्लीले निसका लागि २८ खेल खेलेका थिए ।

२९ वर्षीय बार्क्ली २०१८ मा एभर्टनबाट चेल्सी आएका थिए ।

७ वर्षकै उमेरमा प्रिमियर लिगमा डेब्यु गरेका बार्क्लीले चेल्सी, एस्टन भिल्ला र एभर्टनमा गरि कुल २ सय ३२ प्रिमियर लिगमा २९ गोल र २८ असिस्ट गरेका थिए ।

इंग्ल्यान्डका लागि उनले ३३ खेलमा ६ गोल गरेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर