प्रधानमन्त्री प्रचण्डको पशुपति दर्शनलाई लिएर डा. बाबुरामको सवाल

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डको पशुपति दर्शनलाई लिएर प्रश्न उठाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार पशुपति दर्शन गर्न गएका थिए। मन्त्रीमण्डलसहित गएका प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणपछि पशुपतिनाथको दर्शन गरेका हुन्।

सो अवसरमा प्रचण्डले भारतको उज्जैनस्थित महाकांलेश्वरबाट ल्याएको जलसमेत चढाएका थिए। यता भट्टराईले पूरै मन्त्रीमण्डल एकैसाथ मन्दिर जानुले राजनीति हुने र प्रश्न उठ्ने बताएका छन्। उनले कोही व्यक्ति धार्मिक स्थल एक्लै जाँदा प्रश्न उठाउन नमिल्ने भए पनि पूरै मन्त्रीमण्डल जाँदा प्रश्न उठ्ने बताएका हुन्।

उनले एक ट्विट गर्दै भनेका छन् “नयॉ ‘सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’?? एक्लै कोही कुनै धार्मिक स्थल जॉदा प्रश्न उठउन मिल्दैनसत्यो उसको निजी आस्थाको कुरा हो। तर जब पूरै मन्त्रीमण्डल एकैसाथ जान्छ तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ?”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर