पाकिस्तानमा भारी वर्षाका कारण २८ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा परेको भीषण वर्षाको चपेटामा परेर २८ जनाको मृत्यु भएको छ। शनिबारर राति परेको भारी वर्षाका कारण खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा २८ जनाको मृत्यु भएको छ भने १ सय ४० भन्दा बढी घाइते भएका छन् ।

वर्षाका कारण धेरै घर भत्किएको, रुखहरू ढलेको र बिजुलीका पोलहरू ढलेका छन् । प्रधानमन्त्री शहबाज सरिफले मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन अधिकारीहरूलाई निर्देशन दिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार भारी वर्षा र असिनापानीका कारण खैबर पख्तुनख्वाका बन्नु, लक्की मारवत, डेरा इस्माइल खान र कारक जिल्लामा २५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

पञ्जाबको खुसाब जिल्लाको एउटा गाउँमा घरको पर्खाल भत्किँदा तीन बालिकाको मृत्यु भएको छ । राहत अधिकारी खतेर अहमदले घाइतेहरूलाई तत्काल राहत उपलब्ध गराइएको बताए । गत वर्ष पनि पाकिस्तानमा मनसुनी वर्षापछि आएको बाढीले ठुलो क्षति पुर्‍याएको थियो र १७ सयभन्दा बढीको ज्यान गएको थियो भने तीन करोडभन्दा बढी मानिस प्रभावित भएका थिए । लाखौँ मानिसहरू विस्थापित भएका थिए । –एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर