इगालाई तेस्रो पटक फ्रेन्च ओपन

काठमाडौं । पोल्याण्डकी विश्व नम्बर एक इगा स्वेटेकले फ्रेन्च ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् ।

पेरिसमा शनिबार भएको फाइनलमा चेक रिपब्लिकका कारोलिना मुचोभालाई हराउँदै इगा च्याम्पियन बनेकी हुन् ।

इगाले कारोलिनालाई ६-२, ५-७ र ६-४ ले पराजित गरिन् ।

इगाले तेस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् । यस अघि उनले २०२० र २०२२ मा उपाधि जितेकी थिइन् ।

२१ वर्षिया इगाको यो चौंथो ग्रान्डस्लाम उपाधि हो ।

पुरुषतर्फको फ्रेन्च ओपनको उपाधिका लागि नोभाक जोकोभिच र कास्पर रुड भिड्ने छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर