प्रधानमन्त्री प्रचण्ड महाकांलेश्वरपछि पशुपतिनाथको शरणमा

काठमाडौं । भारतको उज्जैनस्थित महाकांलेश्वरको दर्शनतथा भ्रमणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार साँझ पशुपति क्षेत्रको निरीक्षण र अवलोकन गरेका छन् । नेपाल–भारतस्थित चारधाम, गोसाइँकुण्ड वा अन्य कुनै प्रसिद्ध तीर्थस्थलको यात्रा सकेपछि बाबा पशुपतिनाथको दर्शन गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । यसैक्रममा प्रधानमन्त्रीको पशुपति यात्रालाई पनि त्यही कडीमा जोडेर हेरिएको छ । प्रधानमन्त्रीसँगै भारत भ्रमणमा गएका प्रायः मन्त्रीहरू तथा अन्य सदस्य पनि पशुपति पुगेको बताइएको छ ।

भारतस्थित पवित्र तीर्थस्थल पुगेर फर्केपछि पशुपतिनाथको दर्शन गर्नाले अखण्ड पुण्य प्राप्त हुने विभिन्न पुराणहरूमा उल्लेख छ । पाशुपातिक क्षेत्रको पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्त्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

प्रधानमन्त्रीले विश्व सम्पदाका रुपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरी धार्मिक पर्यटनमा ठूलो टेवा मिल्ने बताए । उक्त निरीक्षण अवलोकनमा अर्थमन्त्री प्रकाश शरण महत, परराष्ट्र मन्त्री एनपी साउद, पर्यटन, उर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलगायत सहभागी थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर