एसिया कपका लागि नेपालको टोलीलाई बिदाइ

काठमाडौं । हङकङमा आयोजना एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपका लागि नेपालको टोलीलाई बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिदाइ गरेको हो ।

क्यानले प्रतियोगिताका लागि शुक्रबार रुबिना क्षेत्रीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको थियो ।

प्रतियोगिता १२ जुन देखि २१ जुन सम्म हङकङमा हुँदैछ ।

थाईल्यान्डले भिसा समस्याका कारण नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

भारत र पाकिस्तानको भने प्रतियोगितामा ‘ए’ टोली पठाउने छन् । नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी रहने छ ।

नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ । नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर