च्याम्पियन्स लिग : उपाधिका लागि सिटी र इन्टर भिड्दै

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज शनिबार इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलानले प्रतिस्पर्धा गर्दै छन् ।

टर्कीको स्तानबुलस्थित एट्रूक ओलम्पिक स्टेडियममा हुने दुई टोलीबीचको खेल राती १२:४५ बाट सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै चौंथो च्याम्पियन्स लिग उपाधि चुम्ने योजनामा इन्टर हुनेछ । यसअघि इन्टरले तीन पटक उपाधि जितिसकेको छ ।

इन्टरले अन्तिम पटक सन् २०१० मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

यता प्रिमियर लिग र एफए कप च्याम्पियन च्याम्पियन सिटी च्याम्पियन्स लिग जित्दै ट्रेबल उपाधि जित्ने योजनामा छ ।

सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिवालाले सन् २००९ मा बार्सिलोनाका लागि पनि ट्रेबल उपाधि दिलाएका थिए ।

सिटीलाई च्याम्पियन्स लिगमा पहिलो उपाधि जित्ने मौका पनि छ । सिटी सन् २०२१ मा फाइनल पुगेपनी उपाधि भने जित्न सकेन ।

सिटिका लागि आजको खेलमा इर्लिङ हालान्ड र इल्के गुन्डोगन मुख्य भूमिकामा हुनेछन् । हालान्ड च्याम्पियन्स लिगको यो सिजनका सर्वाधिक गोलकर्ता हुन् । उनले यो सिजन १२ गोल गरिसकेका छन् ।

यता इन्टरका लागि लाउरेटो मार्टिनेज र रोमेलु लुकाकु मुख्य भूमिकामा हुनेछन् । दुबै खेलाडी उत्कृष्ट लयमा छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर