नेपाल र चाईनिज ताइपे भिड्दै

काठमाडौं ।  एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज शनिबार चाईनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ ।

म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपालले चाईनिज ताइपेको सामना गर्नेछ । नेपाल र चाईनिज ताइपेबीचको खेल दिउँसो २:४५ बजे सुरु हुनेछ ।

नेपाल आज पहिलो जित निकाल्ने योजनामा रहेको छ । यस अघि नेपाल दुबै खेलमा पराजित भएको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा म्यानमारसँग ५-० र दोस्रो खेलमा चीनसँग ५-० कै हार बेहोरेको थियो ।

ताइपे पनि पहिलो जित निकाल्ने योजनामा रहेको छ । ताइपेले अघिल्लो दुई खेलमा एक हार र एक बराबरी खेलेको थियो ।

छनोटको समूह ‘बी’ को नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । ताइपे १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

चीन ६ अंक जोडेर शीर्ष र म्यानमार ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर