फ्रेन्च ओपन टेनिस : जोकोभिच फाइनलमा प्रवेश

 काठमाडौं ।  विश्व नम्बर तीन सर्बियन टेनिस स्टार नोभाक जोकोभिच सातौँ पटक फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । 

पेरिसमा शुक्रबार भएको खेलमा स्पेनका कार्लोस अल्कारेजलाई हराउँदै जोकोभिच फाइनलमा प्रवेश गरेका हुन् । उनले ६–३, ५–७, ६–१ र ६–१ को सेटमा  अल्कारेजलाई पराजित गरेका हुन् ।

फ्रेन्च ओपनमा दुई पटकका च्याम्पियन जोकोभिचको यो ३४ औं ग्रान्डस्लाम फाइनल हो ।

२३ पटक ग्रान्डस्लाम जितिसकेका जोकोभिच २४ औं ग्रान्डस्लाम हात पार्ने योजनामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर