एलिकको कीर्तिमानी ब्याटिङमा वेस्ट इन्डिजको सानदार जित

काठमाडौं । युवा ओपनर ब्याटर एलिक एथानाजेको विश्व कीर्तिमानी ब्याटिङसँगै वेस्टइन्डिजले तेस्रो (एकदिवसीय अन्तर्राष्ट्रिय) ओडिआई खेलमा युएईलाई पराजितले गरेको छ ।

शारजहामा शुक्रबार राती भएको खेलमा वेस्ट इन्डिज ४ विकेटले विजयी भएको छ । जितसँगै तीन खेलको ओडिआई सिरिज वेस्ट इन्डिज सिरिज क्लिन स्वीप गरेको हो ।

युएईले दिएको १ सय ८५ रनको लक्ष्य वेस्टइन्डिजले ३५ दशमलब १ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

वेस्ट इन्डिजको जितमा डेब्यू खेल खेलेका २४ वर्षीय एलिक एथानाजेले कीर्तिमानी अर्धशतक प्रहार गरेका थिए । एलिकले ४५ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिए ।

उनले ओडिआई क्रिकेटमा डेब्यू खेलमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बराबर गरेका छन् । उनले २६ बलमा अर्धशतक पूरा गरेका थिए । उनले भारतीय अलरान्डर क्रुनाल पान्ड्यासँगको कीर्तिमान बराबर गरेका हुन् ।

शमाह्र ब्रुस ३९ र केसी कार्टी २० बनाए । कप्तान रोस्टन चेशले अविजित २७ रन बनाउँदा राइमन रिफले १५ रन बनाए । युएईका आयन खान, मोहम्मद जवादुल्लाह र कार्तिक मयाप्पनले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएई ३६ दशमलब १ ओभरमा १ सय ८४ रनमा अलआउट भयो ।

युएईका वृत्य अरविन्दले ७५ बलमा ८ चौका र १ छक्कासहित ७० रनको अर्धशतकीय ईनिङ खेले ।

कप्तान मोहम्मद वासिमले ३४ बलमा ५ चौका र २ छक्कासहिति ४२ रनमा आउट भए ।

अली नासिर १३ र आयन खान २ रनमा आउट भए ।

वेस्टइन्डिजका केविन सिन्क्लेयरले ७ दशमलब १ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । यानिक कारियहले २ विकेट लिए । एक सातापछि जिम्बावेमा हुने विश्वकप छनोट अघि युएईले वेस्ट इन्डिजसँग तीन खेलको सिरिज खेलेको हो ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर