सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछन् ।

सिजनको अन्तिम चरणको अन्तिम तीन खेलहरु शनिबार हुनेछ । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल च्यासल मैदानमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र मनाङबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

लिगको उपविजेता मछिन्द्र आज जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ । मछिन्द्र २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

मनाङ पनि जित निकाल्दै लिगलाई सुखद बिदाइ गर्न चाहन्छ । मनाङ २५ खेलमा ३२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र थ्री स्टारबीचको खेल दिउँसो ५:३० बजे सुरु हुनेछ ।

जावलाखेल आज जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ ।  जावलाखेल २५ खेलमा ३७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

थ्री स्टारलाई आजको खेल महत्वपूर्ण रहेको छ । थ्री स्टार आज जित निकाल्दै रेलिगेसनबाट जोगिन चाहन्छ ।

थ्री स्टार २५ खेलमा २९ अंक १३ औं स्थानमा रहेको छ ।

यस्तै च्यासलमा संकटा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । संकटा र एनआरटीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

संकटा र एनआरटी आज जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ ।

संकटा २५ खेलमा ३१ अंक जोडेर नवौं स्थानमा रहेको छ । एनआरटी २५ खेलमा ३३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर