केइटा जर्मन क्लबमा अनुबन्धित

काठमाडौं । लिभरपुलका मिडफिल्डर नेबी केइटा जर्मन क्लब वेर्डेर ब्रेमेनमा अनुबन्धित भएका छन् ।

जर्मन क्लबले केइटालाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

गिनिका मिडफिल्डरले बुन्डेसलिगा क्लबसँग ३ वर्षको सम्झौता गरेका छन् ।

केइटाको लिभरपुलसँगको सम्झौता सिजनको अन्त्यसँगै सकिएको थियो ।

२८ वर्षीय मिडफिल्डर २०१८ मा आरबी लाइपजिगबाट लिभरपुल आएका थिए ।

लिभरपुलका लागि उनले १२९ खेलमा ११ गोल गरेका छन् ।

चोटको कारण उनले यस सिजन मात्र ८ खेल खेलेका थिए एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर