फेसबुक पेज बनाएर ऋण दिन्छु भनेर ठगेको आरोपमा तीन जना पक्राउ

काठमाडौं । घर जग्गा लोन सेवा नामको फेसबुक पेज बनाएर ऋण दिन्छु भन्दै ५७ लाख २० हजार रुपैयाँ ठगेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची ११ घर भई काठमाडौंको बसुन्धरामा बस्ने २७ वर्षका नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री भन्ने रामचन्द्र चालिसे रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार रामचन्द्र चालिसेले उत्तमकुमार, राजकुमार तामाङ, सोनुबाबु लामा र विष्णु क्षेत्री तथा गणेशबहादुर खड्का लगायतका व्यक्तिलाई ऋण दिन्छु भनेर उनीहरुसँग ५७ लाख २० हजार लिएका थिए ।

उनले अर्काएको नागरिकता दुरुपयोग गरेर विभिन्न बैंकमा खाता खोली ती खाताको चेक दिइ उनीहरुलाई ठगेको पाइएको प्रहरीको दाबी छ । घर जग्गा लोन सेवा नामको फेसबुक पेजबाट सम्पर्क भएका रामचन्द्र चालिसेबाट कोही ठगीमा परेको भए जिल्ला प्रहरी परिसर टेकुमा सम्पर्क गर्न पन प्रहरी उपरीक्षक रिजालले आग्रह गरेका छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर