अक्षय कुमारको फिल्म ‘ओएमजी २’ को प्रदर्शन मिति घोषणा

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘ओएमजी २’ को प्रदर्शन मिति घोषणा गरिएको छ। अक्षयले सामाजिक सञ्जालमा एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन्। यो फिल्म अगस्ट ११ देखि प्रदर्शन हुनेछ।

सार्वजनिक पोस्टरमा अक्षयलाई शिवको अवतारमा देखाइएको छ। उनको हातमा डमरू छ। अमित रायले निर्देशन गरेको फिल्ममा अक्षय कुमार, पंकज त्रिपाठी, यामी गौतम, अरुण गोविल, राज सिंहलगायत कलाकारको अभिनय छ। यो कमेडी जनरामा निर्माण भएको फिल्म हो।

सन् २०१२ मा प्रदर्शन भएको फिल्म ‘ओएमजी’ मा अक्षय कुमार र परेश रावल मुख्य भूमिकामा देखिएका थिए। यो फिल्मलाई उमेश शुक्लाले निर्देशन गरेका हुन्। फिल्मले विश्वभरबाट १२० करोड कमाएको थियो। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर