‘बद्रीबहादुर’ असार २९ गते हलमा रिलिज हुने

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर’ असार २९ गते हलमा रिलिज हुने भएको छ । शुक्रबार दुई नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माताले प्रदर्शन मिति घोषणा गरेका हुन् ।

रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धीरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला र एलिना गुरुङको अभिनय छ । समीर मिया सहनिर्माता रहेको फिल्ममा सलोन बस्नेत र पूजा शर्माको केमियो रोल छ ।

रामकाजी घिमिरेको पटकथा, सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन छ । एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्मको छायांकन काठमाडौं, लमजुङ, धरान र संखुवासभामा छायांकन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर