सिंगापुरमा भारतीय मूलका वरिष्ठ मन्त्री थरमन शनमुगरत्नमले राष्ट्रपतिमा उम्मेदवारी दिने

काठमाडौं । सिंगापुरमा भारतीय मूलका वरिष्ठ मन्त्री थरमन शनमुगरत्नमले राष्ट्रपतिमा उम्मेदवारी दिने भएका छन् ।

आगामी सेप्टेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा उनले गरेका हुन् ।

चिनियाँ मूलको बाहुल्य रहेको सिंगापुरमा भारतीय मूलका प्रधानमन्त्री बनिसकेको भए पनि राष्ट्रपतिमा भने भारतीय मूलका व्यक्तिले उम्मेदवारी दिन लागेको पहिलो पटक हो ।

२२ वर्षदेखि राजनीतिमा सक्रिय शनमुगरत्नमले सबै पदबाट राजीनामा गर्दै राष्ट्रपतिमा लड्ने बताएका हुन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर