डोनाल्ड ट्रम्पमाथि ह्वाइट हाउसका गोप्य दस्तावेज अपचलन गरेको अभियोग

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात चुहावट र दुरुपयोगको आरोपमा अभियोग लगाइएको छ ।

अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनको तयारीमा रहेका ट्रम्पलाई ह्वाइट हाउसको गोप्य कागजात तोडमोड गरेको तथा दुरुपयोग गरेको कसुरमा अभियोग लगाईएको स्वयं ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ’ मार्फत बताएका छन् ।

प्mलोरिडाको मायामीमा रहेको संघिय अदालतमा आउँदो मंगलवार ट्रम्प हाजिर हुनुपर्नेछ । उनीविरुद्ध गोप्य कागजातसम्बन्धी विभिन्न सात वटा मुद्दा लगाईएको छ । पूर्व राष्ट्रपति ट्रम्पलाई गत अप्रिलमा म्यानहट्टन फौजदारी अदालतमा ३६ वटा अपराधको अभियोग लगाइएको थियो ।

संघिय अदालतले भने ट्रम्पलाई पहिलो पटक बोलाएको हो । पछिल्लो अभियोजनले ट्रम्पको चुनावी अभियानका धक्का पुग्नेछ । यो अभियोगबारे अमेरिकाका सरकारी निकायहरु नै बेखबर थिए । अमेरिकी गुप्तचर सेवा र अमेरिकी मार्शलहरूले आरोपको बारेमा अग्रिम सूचना पाएका थिएनन् ।

पूर्व राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा घोषणा गरेपछि मात्रै उनीहरुले यस विषयमा जानकारी पाएका हुन् । अमेरिकी गोप्य सेवाले पूर्व राष्ट्रपतिको सुरक्षा हेर्ने गर्दछ भने मार्शलहरूले अदालत र न्यायाधीशहरूको सुरक्षा प्रबन्ध मिलाउछन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर