जनस्वास्थ्य प्रयोगशाला टेकुका अधिकृत लेखनाथ भट्टराई घुस लिँदै गर्दा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत छैठौं तहका अधिकृत लेखनाथ भट्टराईलाई घुस लिँदै गर्दा नियन्त्रणमा लिएको छ ।

ल्याब टेक्निसियन रहेका भट्टराइले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ५० हजार घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनलाई शुक्रबार बिहान सेवाग्राहीसँग रकम लिइरहेको अवस्थामा काठमाडौंको शंखमुलबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर