फिफा महिला विश्वकप : हरेक खेलाडीले ३० हजार डलर पाउने, विजेताले २ लाख ७० हजार डलर पाउने

काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने फिफा महिला विश्वकप फुटबलको पुरस्कार रकम घोषणा भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको पुरस्कार रकम घोषणा गरेको छ ।

फिफाले घोषणा गरेको पुरस्कार रकम अनुसार विश्वकप खेल्ने हरेक खेलाडीले कम्तिमा ३० हजार अमेरिकी डलर पाउने छन् ।

त्यस्तै विजेता टिमका खेलाडीले जनही २ लाख ७० हजार अमेरिकी डलर पुरस्कार पाउने छन् ।

फिफाले विश्वकप खेल्ने ७ सय ३२ खेलाडी नै पुरस्कार पाउने जनाएको छ ।

फिफाले महिला विश्वकपको पुरस्कारका लागि ११० मिलियन अमेरिकी डलर छुट्टाएको छ ।

विश्वकपको विजेताले ४,२९०,००० अमेरिकी डलर पाउने छन् । दोस्रोले ३,०१५,००० डलर, तेस्रोले २,६१०,००० डलर र चौंथोले २,४५५,००० डलर पाउने छन् ।

यस्तै समूह चरणका टोलीले १, ५६०,००० डलर पाउने छन् । राउण्ड अफ १६ मा पुग्ने टोलीले १,८७०,००० डलर र क्वाटरफाइनलमा पुग्ने टोलीले २,१८०,००० डलर पाउने छन् ।

महिला विश्वकप आगामी जुलाई २० देखि अगस्ट २० सम्म हुनेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर