गगनले जोडतोडसँग भने, “नेपालले पनि ग्रेटर नेपालको नक्शा जारी गर्नुपर्छ”

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो ‘ग्रेटर नेपाल’ जारी गरी हक खोज्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार पत्रकारसँग कुरा गर्दै उनले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपालले पनि ग्रेटर नेपालको नक्सा जारी गर्नुपर्ने जोडतोडका साथ बताए ।

सो अवसरमा उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि नेपालको अधिकार भएको र कसैले खोसेर लैजान नसक्ने स्पष्ट पारे  ।

उनले कांग्रेस पार्टीभित्र परिवर्तनको चाहना अभिव्यक्त गर्ने मुख्य थलो आगामी भदौमा हुन लागेको नीति अधिवेशन हुने बताउँदै नीति महाधिवेशनले पार्टीका केही निर्णयबारेमा पुनःविचार गर्न र पार्टीलाई ठीक ठाउँमा उभ्याउने दूरगामी निर्णय लिनेमा उनले विश्वास व्यक्त गरे ।
उनले वर्तमान सरकारलाई जनतामा अनुभूति हुने गरी काम गर्न सुझाव दिँदै भने, “कांग्रेसले वर्तमान गठबन्धन सरकार बदल्ने सम्बन्धमा कुनै विकल्प सोचेको छैन । ”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर