थारु संस्कृतिविद् महेश चौधरीको निधन

काठमाडौं । थारु संस्कृतिका अध्येता, संस्कृतिविद् पूर्वराज्यमन्त्री महेश चौधरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

दंगीशरण गाउँपालिका–४ बैवाङ स्थायी घर भइ हाल घोराही उपमहानगरपालिका वडा नम्बर १७ बेलभारमा बस्दै आएका चौधरीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो। उच्च रक्तचाप, हर्निया तथा कलेजोसम्बन्धी स्वास्थ्य समस्याबाट पीडित चौधरीको उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ।

२००८ सालमा दाङको बैबांगमा जन्मिएका चौधरीले भूगोल विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थिए। उनले २०३५ सालदेखि दाङको महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका थिए । तत्कालीन नेकपा मालेको नीतिअनुसार प्राध्यापन छोडेर २०४३ सालमा जनपक्षीय उम्मेदवार बनेका चौधरी पछि नेकपा एमालेको तर्फबाट २०४८ मा राष्ट्रियसभा सदस्य र २०५४ मा स्थानीय विकास राज्यमन्त्री बनेका थिए।

उनले ‘द हिडन ट्रेजर अफ द लो ल्याण्ड नेपाल’, ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’, थारू भाषाको गीति नाटक ‘छारा’, थारू भाषाको ‘लिरौसी व्याकरण’ लगायतका पुस्तक लेखेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर