नेपाल निजामती कर्मचारी सङ्गठनले राष्ट्रिय महिला भेलाको आयोजना गर्ने

काठमाडौं । जेठ २५ गते । नेपाल निजामती कर्मचारी सङ्गठनले राष्ट्रिय महिला भेलाको आयोजना गर्ने भएको छ । सङ्गठनले जेठ २७ र २८ गते काठमाडौँमा राष्ट्रिय महिला भेलाको आयोजना गर्न लागिएको संगठनले विहिबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको आयोजना र केन्द्रिय महिला विभागको व्यवस्थापनमा ‘समता र सशक्तीकरण : सेवामा सबलीकरण’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय भेलाको आयोजना हुन लागिएको हो ।

। कार्यक्रम बारेमा जानकारी दिँदै नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले संगठनले गर्न लागिएको भेला ऐतिहासिक हुने विश्वास व्यक्त गरे ।

भेलाको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु तय भएको गरिएको छ । भेलामा ७७ जिल्ला कार्य समिति, ३८ विभागिय कार्य समिति, ७ प्रदेश, उपत्यका प्रदेश गरी ८ प्रदेशका कार्य समितिका उपाध्यक्ष, महिला केन्द्रीय प्रतिनिधि एक महिला सदस्यको प्रतिनिधित्व रहनेछ । त्यस्तै भेलामा केन्द्रीय परिषद्मा रहेका महिला सदस्यहरु ३२ जना, केन्द्रीय कार्य समिति ५ जना, पदाधिकारी सहित ५८ जना महिला सदस्य सहिति सबै पदाधिकारी तथा सदस्य गरी ७०० जना प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहनेछ । भेलामा सार्वजनिक प्रशासनका क्षेत्रको अवस्था अनुभव साटासाट गर्न पेशागत महासंघ नेपाल केन्द्रीय कार्य समितिमा रहेका महिला पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहनेछ ।
कार्यक्रममा सरकारी निकायका उच्च पदमा पुग्ने राजनीति नेतृत्वमा महिलाहरूको अवस्था, सार्वजनिक प्रशासनमा महिलाको उपस्थिति, समस्या, भावी लक्ष्यसहित विभिन्न पक्षहरूमा छलफल हुनेछ ।

सार्वजनिक प्रशासनमा महिलाहरुको पहुँच बढाउन कार्यस्थलमा हुने भेदभावको अन्त्य, नेतृत्व विकास लगायतका विषयमा प्रत्यक्षरुपमा गरिने अन्तक्रिर्याका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने महिला सदस्यहरुलाई आमन्त्रण गनेछ ।
संगठनका महासचिव जीवन काफ्लेले भेलामा सार्वजनिक र सामाजिक प्रशासन रुपमा विशिष्ठ योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार नायव महालेखा परीक्षक विन्दु विष्ट, प्रहरि अतिरिक्त महानिरिक्षक किरण बज्रचार्य, मिरा चौधरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भवानी राणाले पुराएको विशिष्ट योगादनको उच्च कदर गर्दै सम्मान गर्न लागिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर