आज बिहीवार सुनको मूल्यमा गिरावट

काठमाडौं । आज बिहीवार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन एक लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

छापावाल सुन बुधबार प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेर आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर