थिमि र चाँगुका दुई ठाउँमा १८ लाखभन्दा बढीको चोरी

काठमाडौं । भक्तपुरका दुई ठाउँमा बुधबार सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको छ। मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो।

चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको ताला फुटाइ करिब ११ लाख रूपैयाँ बराबरको सुनको विभिन्न गहना र नगद ३१ हजार चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

त्यस्तै मध्यपुरथिमि नगरपालिका–३ कौशलटार कुटु टोलमा बस्ने बबिता भट्टराईको डेराबाट सात लाख १२ हजार बराबरको सुनका गरहगहना र नगद १६ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ। चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर