स्रोत नखुलेको १८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ

काठमाडौं ।  सर्लाहीको हरिवनबाट प्रहरीले स्रोत नखुलेको १८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । अवैध रकमको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त टोलीले पूर्व–पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका ११ बाट चार जना व्यक्तिलाई स्रोत नखुलेको रकम र एउटा कारसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कार चालक मकवानपुरको हैटौंडा उपमहानगरपालिका ३ बासामाडी बस्ने ४० वर्षीय हेमराज विश्वकर्मा, सोही कारमा सवार सुनसरीको बराहक्षेत्र नगरपालिका ४ घरभइ हाल काठमाडौं महानगरपालिका काँडाघारी बस्ने ३१ वर्षीय मौसम मग्राती, सर्लाहीको बागमती नगरपालिका १ बस्ने ३१ वर्षीय दीपक तामाङ र खोटाङको रावावेशी गाउँपालिका ४ बस्ने ४४ वर्षीय विमल तामाङ छन् ।

उनीहरु पश्चिमबाट पूर्वतर्फ आउँदै गर्दा बागमती प्रदेश ०१ ०२६ च ०२९९ नम्बरको कारको डिकीमा झोलाभित्र राखेर हिँडेको एक हजार दरको एक सय थान नोट भएको १८ बिटोमा नेपाली रुपैयाँ १८ लाखसहित पक्राउ परेका सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजियार थारुले जानकारी दिए । डिएसपी थारुका अनुसार पक्राउ परेका चारैजनालाई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर