भ्यान दुर्घटनामा पर्दा २४ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा भ्यान दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परेर ८ बालबालिका र १२ महिलासहित २४ जनाको मृत्यु भएको हो ।

सार ए पोल प्रान्तीय प्रहरी प्रवक्ता दीन मोहम्मद नाजारीले चालकको लापरबाहीका कारण भ्यान सडकबाट खसेको बताए।

‘चालकको लापरबाहीका कारण गाडी सडकबाट हटेर खाल्डोमा खसेको छ,चौबीस जनाको मृत्यु भएको छ,’ उनले भने ।

दुर्घटनाको कारणबारे थप विवरण आउन सकेको छैन । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर