ए डिभिजन लिग अन्तिम चरणमा एन्फाले पायो मुख्य प्रायोजक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिग अन्तिम चरणमा पुगिसकेको अवस्थामा मुख्य प्रायोजक पाएको छ ।

गत ९ फागुनदेखि सुरु भएको लिगमा अहिले २५ औं चरणको खेल चलिरहेको छ । चर्च ब्वाइज क्लब लिगको च्याम्पियन भइसकेको छ । लिगमा अब जम्मा १० खेल मात्र हुन बाँकी छ । लिग सकिने बेलामा एन्फाको आपतकालीन बैठकले मुख्य प्रायोजकका रुपमा कतार एयरवेजको प्रस्ताव स्वीकार गरेको छ ।

यो वर्ष २०२३ का लागि ५० हजार र २०२४ का लागि १ लाख ५० हजार अमेरिकी डलरको प्रायोजन प्रस्ताव स्वीकार गर्ने निर्णय भएको एन्फाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर