एसी मिलानले क्लबको टेक्निकल डिरेक्टर पाओलो माल्दिनीलाई बर्खास्त गर्याे

काठमाडौं । इटालियन क्लब एसी मिलानले क्लबको टेक्निकल डिरेक्टर पाओलो माल्दिनीलाई बर्खास्त गरेको छ ।

मिलानका पूर्व कप्तान समेत रहेका माल्दिनी ५ वर्षपछि बर्खास्तमा परेका हुन् ।

माल्दिनीले गत सिजन मिलानलाई ११ वर्षपछि सिरी ए लिगको उपाधि दिलाउन मद्दत गरेका थिए ।

यस सिजन भने मिलान चौंथो स्थानमा रहेको थियो । यस्तै मिलान च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो ।

५४ वर्षीय माल्दिनीले खेल करियर मिलानमै बिताएका थिए । मिलानका लागि उनले ९०१ खेल खेलेका थिए । उनले २६ उपाधि मिलानका लागि जितेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर