सुनको मूल्य तोलामा २०० रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य उकालो लागेको छ।  आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलवार पनि सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ४२० रुपैयाँ कायम भएको छ। मङ्गलवार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर