जोकोभिच सेमिफाइनलमा

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् ।

पेरिसमा मंगलबार रसियन करिन खाचानोबलाई हराउँदै जोकोभिचले अन्तिम चारको यात्रा तय गरेका हुन् ।

तेस्रो वरीयताका जोकोभिचले करिनलाई ४-६, ७-६ (७-०), ६-२ र ६-४ ले पराजित गरे ।

जोकोभिच १२ औं पटक फ्रेन्च ओपनको सेमिफाइनलमा पुगेका हुन् ।

जोकोभिक फ्रेन्च ओपनको दुई पटकको च्याम्पियन हुन् ।

२३ पटकको ग्रान्डस्लाम विजेता जोकोभिच २४ औं ग्रान्डस्लाम जित्ने योजनामा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर