अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा राउत पक्राउ

काठमाडौं । अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा भक्तपुरको दुवाकोट मोडमा बस्ने २३ वर्षका दिनेशकुमार राउत पक्राउ परेका छन् ।

जुम्लाको तिला गाउँपालिका ९ रासा घर भइ भक्तपुरको दुवाकोटमोडमा बस्ने २३ वर्षका दिनेशकुमार राउत रहेका प्रहरीले जनाएको छ ।

राउतले टिकटकमार्फत साथी बनेर एक जना युवतीसँग फेसबुक म्यासेञ्जर, ह्वाट्स एप तथा इमोमा पनि साथी बनेको र अनलाइनबाट यौनदुर्व्यवहार गरेर त्यसको भिडियो रेकर्डसमेत गरेर ब्ल्याक मेलिङ गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।

त्यै उजुरीको आधारमा गरिएको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गरी थप अनुसन्धानका लागि राउतलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर