आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि मौद्रिक नीतिको तयारी सुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि मौद्रिक नीतिको तयारी सुरु गरेको जनाएको छ ।

यसका लागि केन्द्रिय बैकले सर्वसाधारण तथा सरोकारवालासँग सुझाव संकलन गर्न सुरु गरेको छ ।

असार १० गतेभित्र आफ्नो सुझाव आर्थिक अनुसन्धान विभागमा पठाउन पनि राष्ट्र बैकले आह्वान गरेको छ । संवैधानिक व्यवस्था अनुसार गत १५ गते बजेट सार्वजनिक गरेपछि राष्ट्र बैंकले पनि मौद्रिक नीतिको तयारी थालेको हो ।

आगामी वर्ष सरकारले ६ प्रतिशतको आर्थिक बृद्धि लक्ष्य राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर