शेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट

काठमाडौं । शेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ । सरकारले शेयर लाभकरमा लगाएको दोहोरो व्यवस्था हटाउने सहमति भएसँगै आइतबार हौसिएका लगानीकर्ता सोमबार फेरि निराश देखिएका छन् ।

शेयर लगानीकर्तालाई ५ र ७ दशमलव ५ प्रतिशत अन्तिम कर र व्यावसायिक प्रयोजनका लागि कानुनअनुसार कर लाग्ने भन्दै अर्थ मन्त्रालयले नै स्पष्ट पारेसँगै आइतबार शेयर बजारमा ५३ अंकको सुधार देखिए पनि आज अपेक्षाकृत कारोबार हुन सकेन ।

उतार चढावकाबीच १७ अंकको गिरावट आएको बजार परिसूचक १९ सय १ मा पुगेर थामिएको छ । सबै उपसूचक ओरालो लागेको बजारमा कारोबार भने २ अर्ब हाराहारीमा भएको नेप्सेले जनाएको छ । घटेको बजारमा पनि रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताले दश प्रतिशतबराबर कमाएका छन् ।

१ सय ६६ कम्पनीको मूल्य घट्दा जम्मा ४६ कम्पनीको मात्र मूल्य बढेको छ । दुई सय ७७ कम्पनीको ५६ लाख २० हजार कित्ता शेयर १ अर्ब ९७ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर