मिलान र युभेन्ट्स विजयी

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले जित निकालेको छ ।

सिजनको आफ्नो अन्तिम खेलमा मिलानले भेरोनालाई ३-१ गोल अन्तरले हराएको हो ।

मिलानको जितमा राफेल लिओले दुई गोल गरे । ओलिभर जेरुडले एक गोल थपे ।

भेरोनाका डेभिड फारानीले एक गोल फर्काए ।

जितसँगै मिलानले चौंथो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।

मिलानले ३८ खेलमा ७० अंक जोड्यो ।

भेरोना ३१ अंक जोडेर १८ औं स्थानमा रह्यो ।

अर्को खेलमा युभेन्ट्सले उडीनेजेलाई हराएको छ ।

युभेन्ट्सको जितमा फेडेरिको चिजाले निर्णायक गोल गरे ।

जितसँगै युभेन्ट्सले सातौं स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।

युभेन्ट्सले ६२ अंक जोड्यो ।

उडीनेजे ४६ अंक जोडेर १२ औं स्थानमा रह्यो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर