सशष्त्र विद्रोह गरिरहेको समुहले दुई रुसी सैनिकलाई कब्जामा लिएको दाबी

काठमाडौं । रुसको बेलगोरोद क्षेत्रमा सशष्त्र विद्रोह गरिरहेको समुहले दुई जना रुसी सैनिकलाई कब्जामा लिएको दाबी गरेको छ ।

युक्रेनसँग सिमा नजिक रुसी भूमीमा अघिल्लो साता सशष्त्र समुहले हिंसात्मक आक्रमण गरेको थियो । रुसले तत्काल प्रतिकार गर्दै स्थितीलाई नियन्त्रणमा लिएको दाबी गरेपनि विद्रोही समुह आर।डी।केले दुई रुसी सैनिकलाई नियन्त्रणमा लिएको दाबी गरेको हो ।

उनीहरुको पहिचान गोप्य राखिएको छ । बेलगोरोदका गभर्नर भ्याचेस्लाभ ग्लाडकोभले सुरुमा लडाकुहरुसँग भेट्न स्विकार गरेपनि पछि अस्विकार गरेको विद्रोही समुहको दाबी छ ।

रुसको संस्थापन आफुहरुसँग वार्ता गर्न तयार नभए कब्जामा लिएका सैनिकहरु युक्रेनलाई बुझाउने धम्की पनि लडाकु समुहले दिएको छ ।

युक्रेनले भने बेलगोरोद क्षेत्रमा भएको आक्रमणमा आफ्नो देशको संलग्नता नरहेको बताउदै आएको छ । ( एजेन्सी )


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर