पोल्याण्डमा बेरोजगारी र मनपरी कानुन संशोधनको विरोधमा ३५ वर्ष यताकै भव्य प्रदर्शन

काठमाडौं । पोल्याण्डमा सरकारविरुद्ध बढ्दो महंगी, बेरोजगारी र मनपरी कानुन संशोधनको विरोधमा ३५ वर्ष यताकै भव्य प्रदर्शन भएको छ ।

देशको मुद्रास्फीति, जीवनयापनको लागत, महिलाहरुको अधिकार सुनिश्चितिता लगायतको माग गर्दै पोल्याण्डको राजधानी बार्सा लगाएत अन्य शहरहरुमा लाखौंले प्रदर्शन गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार वार्सामो भएको प्रदर्शनमा झण्डै पाँच लाख मानिस सहभागि भएको जनाइएको छ । यो प्रदर्शनलाई सन् १९८९ मा कम्युनिष्ट शाषन पतन भएयता पोल्याण्डमा भएको अहिलेसम्मकै विशाल प्रदर्शन भनिएको छ ।

सत्तारुढ ‘ल एण्ड जस्टीस’ पार्टी विरुद्धको यो प्रदर्शनमा पूर्व राष्ट्रपति लेक वालेसा, पूर्व प्रधानमन्त्री डोनाल्ड टस्कलगायतको सहभागिता थियो । सत्तारुढ दलले भने यो प्रदर्शनलाई ‘घृणाको र्याली’ भनेको छ ।

प्रदर्शनकारीहरुले देशमा हालै लागु गरिएको नयाँ कानुनको विरोध गरेका छन् । उक्त कानुनमा पोल्याण्डको राजनीतिमा रुसी प्रभाव र हस्तक्षेप छानविन गर्नसक्ने एउटा स्वतन्त्र आयोग बनाउने र शंकास्पद व्यक्तीहरुलाई सार्वजनिक पद धारण गर्न १० वर्षसम्म प्रतिबन्ध लगाउनसक्ने प्रावधान राखिएको छ ।

युरोपेली युनियन र अमेरिकाले पनि यो कानुनको विरोध गरेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर