भ्रमण पश्चात जानकारी दिन प्रधानमन्त्रीले संसदमा खोजे ओली र देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीको खोजी गरेका छन् ।

कुनै पनि बिदेश भ्रमण पश्चात जानकारी दिने परम्परामा प्रतिपक्षका नेताहरुको उपस्थित रहने प्रक्रियालाई नियाल्दै प्रधानमन्त्रीले संसदमा प्रतिपक्ष दलका नेता ओलीलाई नदेखे पछि उनेको खोजी गरेका थिए ।

‘प्रतिपक्षी दलको प्रमुख नेता र सत्ता गठबन्धनको नेता हुनुहुन्न । अलिकति नमिठो महसुस भएको छ प्रचण्डले संसदको रोष्टमबाट भने ।

उनी बोल्दाबोल्दै ओली आइपुगे र प्रचण्डले खुसी व्यक्त गरे ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने संसदमा देखिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर