करिम बेन्जिमाले रियल मड्रिड छाडे

काठमाडौं । रियल मड्रिडका स्टार खेलाडी करिम बेन्जिमाले १४ वर्षपछि क्लब छाडेका छन्। सन् २००९ मा फ्रेन्च क्लब लियोनबाट उनी रियल मड्रिडमा अनुबन्धन भएका थिए। यो सिजनको अन्त्यसँगै बेन्जिमा अब फ्रि ट्रान्सफरमा अनुबन्धन हुने बाटो खुलेको छ।

रियलमा रहँदा ३५ वर्षीय बेन्जिमाले ५ वटा च्याम्पियन्स लिग र ४ वटा ला–लिगा उपाधि जितेका थिए। रियलका कप्तानसमेत रहेका बेन्जिमाले यो सिजन कोपा डेल रे, क्लब वल्र्ड यूईएफए सुपर कप जितेका छन्। रियलमा रहँँदा सबै प्रतियोगितामा गरेर २५ उपाधि जितेका छन्। रियलमा रहँदा उनले ६ सय ४७ खेल खेल्दै ३ सय ५३ गोल गरेका छन्। रियलका लागि रोनाल्डोपछि सबैभन्दा बढी गोल बेन्जिमाकै नाममा छ। आइतबार राति एथ्लेटिक बिल्बाओसँगको खेल रियलको जर्सीमा बेन्जिमाको अन्तिम खेल हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर