शेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको  पहिलो दिन आज आइतबार उच्च अंकले बढेको छ । आजको कारोबारको सुरुवातमा शेयर लगानीकर्ता आन्दोलित भएका कारण कारोबार रकम बढ्न सकेको थिएन । तर, लगानीकर्ताहरुले आन्दोलन फिर्ता लिएपछि भने नेप्से बढेको हो ।

आज नेप्से ५३.०३ अंकले बढेर एक हजार ९ सय १९ दशमलब ३७ विन्दुमा बन्द भएको छ । आज एक अर्ब ६५ करोड ६३ लाख ४० हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका २१७ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीकोे शेयरमूल्य घटेको छ ।

आज ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१, सोल्टी होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था रहेका छन् ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज १५ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर