प्रतिनिधिसभाको बैठक पनि भोलिसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ । संसद सचिवालयले आइतबार अपराह्न एक सूचना प्रकाशित गरेर स्थगित रहेको प्रतिनिधिसभाको बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएको हो ।

यसअघि नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सवपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेपछि बैठक एक घन्टाका लागि स्थगित भएको थियो । प्रतिनिधिसभाको आइतबारको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले बैठक सञ्चालनमा अवरोध उत्पन्न नगर्न अनुरोध गर्दा पनि विपक्षी दलका सांसदहरूले विरोध गर्न थालेपछि बैठक स्थगित गरिएको हो ।

यसभन्दा अघि एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरे । सभामुख घिमिरेले यथास्थानमा बसेर बैठक सन्चालनमा सहयोग गर्न आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरुले बैठकमा नाराबाजी गरेका थिए । त्यसपछि सभामुख घिमिरेले एक घण्टाका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर