१७ सयले घट्यो सुनको मूल्य

काठमाडौं । आइतबार सुन र चाँदीको भाउ घटेको छ।

सुना तोलामा १ हजार ७०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार तोलाको छापावाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलाको १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर