सिरिज जित्न नेपाललाई ११० रनको लक्ष्य

काठमाडौं । मलेसियाविरुद्धको महिला टी-ट्वान्टी सिरिज जित्नका लागि नेपालले १ सय १० रनको लक्ष्य पाएको छ ।

मलेसियामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनायो ।

घरेलु टोलीका लागि वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाईन् ।

विनिफ्रेड दुराईसिंघमले २५ बलमा २४ तथा महिराह इज्जाती इस्माइलले ३१ बलमा २० रन बनाईन् ।

नेपालका लागि कविता जोशीले २ तथा ईश्वरी बिष्टले १ विकेट लिईन् ।

पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-२ को बराबरीमा छ ।

यस खेलमा जित हात पारेर नेपाल सिरिज जित्ने सोचमा रहेको छ । मलेसिया पनि सोहि लक्ष्यका साथ मैदान उत्रको छ।

पहिलो खेलमा ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा ७ विकेटको जित दर्ता गरेको थियो ।

तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गर्दा चौथो खेल मलेसियाले ६ विकेटले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर