रियल मड्रिडका विंगर इडेन हाजार्डले क्लब छाड्ने

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका विंगर इडेन हाजार्डले क्लब छाड्ने भएका छन् ।

ला लिगा क्लब रियलले बेल्जियन विंगरले क्लब छाड्ने पुष्टि गरेको छ ।

यहिँ जुन ३० मा सम्झौता अन्त्य गर्न हाजार्ड र रियलबीच सहमति भएको छ ।

हाजार्डले ४ सिजन बिताएर रियल छाड्न लागेका हुन् ।

हाजार्ड इंग्लिस क्लब चेल्सीबाट २०१९ मा रियल आएका थिए ।

तर, हाजार्डले ला लिगामा रियलका लागि मात्र ५४ खेल खेलेका छन् ।

हाजार्डले यस सिजन ६ खेल खेलेका छन् ।

चोटका कारण अधिकांस समय मैदान बाहिर रहेका हाजार्डले रियलका लागि सबैखाले प्रतियोगितामा ७६ खेल खेलेका छन् । जसमा ७ गोल गरेका छन् ।

रियलका लागि हाजार्डले च्याम्पियन्स लिग, क्लब विश्वकप, ला लिगा, युरोपियन सुपर कप, कोपा डेल रे र स्पेनिस सुपर कप जितेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर