सिटीलाई एफए कपको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा म्यानचेस्टर युनाईटेडलाई २-१ गोल अन्तरले हराउँदै सिटीले उपाधि जितेको हो ।

सिटीले सातौं पटक एफए कपको उपाधि जितेको हो ।

सिटीलाई उपाधि दिलाउन इल्के गुन्डोगानले दुई गोल गरे ।

युनाईटेडका ब्रुनो फर्नान्डेजले एक गोल फर्काए ।

खेलको पहिलो मिनेटमै गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ३३ औं मिनेटमा ब्रुनोले पेनाल्टीमार्फत गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५१ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।

सिटीको यो सिजनको दोस्रो उपाधि हो ।

ट्रेबल उपाधि जित्ने योजनामा रहेको सिटीले यस अघि प्रिमियर लिगको उपाधि जितेको थियो ।

अब सिटीले च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसँग खेल्नेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर