इब्राहिमोविचले मिलान छाड्ने

काठमाडौं । इटालियन क्लब एसी मिलानका फरवार्ड इब्राहिमोविचले क्लब छाड्ने भएका छन् ।

मिलानले स्विडेनका भेट्रान फरवार्डले क्लब छाड्ने पुष्टि गरेको छ ।

४१ वर्षीय फरवार्डले मिलानका लागि आइतबार हेलास भेरोनाविरुद्ध खेल्नेछ ।

सिरी ए अन्तर्गतको भेरोनाविरुद्धको खेलमा इब्राहिमोविचको बिदाइ समारोह राखिएको छ ।

हामीसँग बिताएको सानदार समयलका लागि एसी मिलान इब्राहिमोविचलाई धन्यवाद दिन चाहन्छ, क्लबले भनेको छ ।

इब्राहिमोविच २०१९ मा मिलान फर्किएका थिए ।

गत सिजन उनले मिलानलाई सिरी ए को उपाधि दिलाउन मद्दत गरेका थिए ।

इब्राहिमोविचको सम्झौता जुनको अन्तिमबाट सकिदैछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर