लाइपजिगलाई जर्मन कपको उपाधि

काठमाडौं । आरबी लाइपजिगले जर्मन कप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा फ्रान्कफुर्टलाई २-० गोल अन्तरले हराउँदै लाइपजिग च्याम्पियन बनेको हो ।

लाइपजिगको जितमा क्रिस्टोफर एनकुन्कु र डोमिनिक स्जोबोस्ज्लाईले एक एक गोल गरे ।

खेलको ७१ औं मिनेटमा क्रिस्टोफरले गोल गर्दै लाइपजिगलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा डोमिनिकले गोल गर्दै क्रिस्टोफरलाई २-० को जित दिलाए ।

लाइपजिगले लगातार दोस्रो सिजन जर्मन कपको उपाधि जितेको हो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर